डाक्टरले दिए बिरामीलाई रगत

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले नै रगत दिएर गम्भीर बिरामी महिलाको ज्यान जोगाएका छन् । बिरामीको शल्यक्रिया पनि सफल भएको छ । धनुषा, सबैला नगरपालिका वडा नम्बर ७ मखनाहाकी ३० वर्षीया हसिना खातुन, ६ महिनाको गर्भमै शिशुको मृत्युपछि गम्भीर रक्तश्राव भएर शुक्रबार अस्पतालमा भर्ना भइन् ।

डा. राजदेव महतो नेतृत्वको टोलीले शल्यक्रियाका लागि पाँच पोका रगत चढाए । डा. महतोको नेतृत्वमा पाँच घण्टा लामो शल्यक्रिया भयो, हसिनाको पाठेघर निकालिएको थियो ।

शल्यक्रियामा डा. चन्द्र रेखा इसार, डा. पिंकी साह, डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा र डा. विमलेन्द्र चौधरी सहभागी थिए । एनेस्थेसियाका लागि डा. अमित कर्णले सहयोग गरेका थिए । हसिनालाई आइसियुबाट जेनरल वार्डमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button