
मधेशदृष्टि
रौतहट ।
देवाही गोनाही–१ करूनिया गाउँका ७५ वर्षीय शेख तैयबलाई गोली हानेर हत्या गरिएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द साहका अनुसार, मृतक शेख तैयवको टाउकोमा गम्भिी चोट देखिएको छ त्यो पोष्टमार्टम रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्ने खुल्ने छ। देवाही गोनाही–१ करूनियाबाट लक्षमिनिया जाने बाटो छेउमा बिहिबार बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए ।
तैयबको बुधबार राति नै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेका तथा मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गोनाहीले जनाएको छ।






