कापडिलाई शिक्षा मन्त्रालयद्वारा स्पष्टिकरण

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रज्ञा प्रतिष्ठानले काम गराएर ज्यालास्वरुप रकम शास्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतलाई नदिइएको विषयमा स्पष्टिकरण सोधेको छ । शिक्षा तथा संस्कृति मन्त्रालयले मधेश प्रदेशका स्रष्टा गुरुदेव कामतले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिले काम गराई ज्यालाबापत १ लाख रुपैयाँ नदिएको भिडियो सार्वजनिक भएको र विभिन्न मिडियामा समेत समाचार छापिएको र मधेश प्रज्ञा प्रतिष्ठानको क्यालेण्डरमा समेत कामतले प्रस्तुत गरेको फोटो भिडियोसमेत देखिएको हुँदा यस विषयमा यस मन्त्रालयलेको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

यस विषयमा के कसो भएको हो, समाधानका लागि के के गरियो भन्ने विषयमा सत्यतथ्य जानकारी गराउनुका साथै त्यस कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण कागजात मन्त्रालयमा २२ गतेभित्र पेश गर्न भनिएको छ । निधन हुनुभन्दा केही समयपहिले कामतको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा मधेश प्रज्ञा प्रतिष्ठानले दिनुपर्ने एक लाख रुपैयाँ हालसम्म नदिएको उल्लेख थियो ।

प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको राजीनामा पनि माग भइरहेको छ । मधेश प्रज्ञा प्रतिष्ठानले २०८० माघ २६ गते महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रको सभाहलमा कामतको एकल गायन कार्यक्रम गरेको थियो । यसमा लाइभ गराएबापत तथा अन्य कलाकारको समेत रकम दिइसकेको अवस्था छ भने कामतले रकम पाएनन् ।

कार्यक्रममा गायक कामतले चार घण्टासम्म आफ्नो प्रस्तुति दिएका थिए । प्रस्तुतिका लागि प्रतिष्ठानले एक लाख रुपैयाँ पारिश्रमिक दिने भनेको कामतले भिडियोमार्फत जानकारी गराएका छन् । एकल गायन सम्पन्न भएपछि कामतले आफ्नो पारिश्रमिकबारे प्रतिष्ठानका अध्यक्ष कापडीसँग कुरा गर्दा उनले रकम निकासा नभएको जानकारी दिएको बताइएको छ । कामतको निधन भइसक्दा पनि प्रतिष्ठानले रकम दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button