गर्मी शुरु भएसँगै रोगको प्रकोप बढ्यो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
चैत महिना शुरु भएसँगै मौसममा आएको परिवर्तनका कारण बारा, पर्सा लगायतका जिल्लामा रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आउ, आखाँ पाक्ने लगायतका रोगको प्रकोप बढेको छ । बिहान बेलुकाको समयमा चिसो हुने तथा दिउँसो तातो हावासँगै गर्मी बढदा विभिन्नरोगको प्रकोप देखिएको हो ।

विशेष गरी पर्साको ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्र्रसौनी गाउँपालिका, पोखरीया, बहुदरमाई, पर्सागढी नगरपालिकामा रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आउ, आखाँ पाक्ने लगायतका रोगको प्रकोप देखिएको चिकित्सकहरुले बताएका छन् । भाईरल फिबरसँगै रुघाखोकी, निमुनिया लगायतका रोगबाट पिडित भई हाल बारा, पर्सा, रौतहट जिल्लाबाट बीरगंज स्थित नारायणी अस्पतालमा दैनिक ५ सय देखि ७ सयसम्म विरामी आउने गरेको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले बताए ।

विशेष गरी मौसम परिवर्तनसँगै हुने सरुवा रोगको कारण स्कुले बालबालिकाहरु प्रभावित भएका छन् । अहिले बारा, पर्साका विद्यालयहरुमा बार्षिक परिक्षाको चटारो छ । परिक्षा चलि रहेको बेला बालबालिकाहरु विरामीहरु भएपछि अभिभावक चिन्तित भएको पर्सा जीराभवानी गाँउपालिका वडा नम्बर २ शान्तिनगर निवासी देवीका श्रेष्ठले बताइन् । जिराभवानी गाउँपालिका वडा नं २ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पहिलेको तुलनामा अहिले रुघाखोकी, भाइरल ज्वरो, झाडापखालाका बिरामी ५० प्रतिशतले बढेको बताइन् ।

उनले अधिकांशलाई स्वास्थ्य चौकीबाटै औषधी दिएपछि निको हुने र गम्भिर खालका विरामीलाई नारायणी अस्पतालमा रेफर गर्ने गरेको जानकारी दिए । चिकित्सकहरुले मौसम परिवर्तनको समयमा सरुवा रोगको जोखिम हुने हुँदा पानी उमालेर पिउनु पर्ने बताएका छन् । प्रशस्त पानीसँगै यो मौसममा ताजा तथा पोसिलो खानेकुरा फलफूल खानु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button