‘माइकिङ’मा वडाध्यक्ष

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
समय वर्षायामको छ । पानी नपरेर घाम लाग्दा तापक्रम तातिएर मधेशमा कम तातो हुँदैन । आर्थिक वर्ष शुरु भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई निर्धारित समयभित्र कार्ड नवीकरण गराउनु पर्ने वडाअध्यक्षहरुको दायित्व छ । साउन मसान्तभित्र नवीकरण गराउनै पर्ने कानून व्यवस्था छ ।

गर्मीमा वडाका सर्वसाधारणलाई कार्ड नवीकरणका वडाध्यक्षहरुले अनेक उपाय अपनाउने गरेका छन् । यसैक्रममा धनुषाको सबैला नगरपालिका–१ का वडाअध्यक्ष मिथिला साह भने शनिबारका दिन बिदा पनि नभनी आफैँ माइक बोकेर वडामा हिँडेका छन् । उनले नागरिकलाई सूचना प्रवाह गर्न आफैँले माइकिङ गरेका हुन् । साउन ३० गतेभित्र कार्ड नवीकरणका लागि आवश्यक कागजात वडा कार्यालयमा पेश गरिसक्नुपर्ने प्रावधान भएकाले माइकिङमा हिँडिएको अध्यक्ष साहले बताए ।

‘साउन ३० गतेसम्म वडा कार्यालयमा नवीकरणका लागि कागजात पेश गरिसकेपछि भदौ महिनाभर कागजात सचिवले मिलाएर अध्यक्षले प्रमाणित गरिसक्नुपर्ने हुन्छ,’ अध्यक्ष साहले भने, ‘सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन गरे पनि सूचना सबैको पहुँचमा पुग्दैन । त्यसैले आफैँ माइकिङ गरिरहेको छु ।’

पाँच वर्षमुनिका बालबालिकालाई मासिक ५ सय रुपैयाँको दरले भत्ता उपलब्ध हुन्छ । एकल महिलालाई मासिक ३ हजार र ज्येष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ वितरण गरिन्छ । अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुले प्राप्त गरेको कार्डका वर्गको आधारमा भत्ता पाउने व्यवस्था छ । वडाध्यक्ष नै माइकिङमा हिँडेपछि वडामा प्रभवकारी ढंगले सूचना प्रवाह भएको साहको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button