मेयरले ब्याजसहित फिर्ता गरे पोखरीघाटको रकम

[mashshare]

डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले निजी पोखरीमा निर्माण गराएको घाटको लागत खर्च ४ लाख ८४ हजार ७ सय ३० रुपैयाँको ब्याजसहित ५ लाख ५१ हजार रुपैयाँ नगरपालिकाको राजस्व खातामा जम्मा गरेका छन् ।

मधेशदृष्टि
राजविराज ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले निजी पोखरीमा निर्माण गराएको घाटको लागत खर्च नगरपालिकाको राजस्व खातामा जम्मा गरेका छन् । नगरपालिकाको वडा नम्बर ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माण गरिएको थियो । घाट निर्माणमा आर्थिक वर्ष २०७९–८० मा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बजेटमध्ये ४ लाख ८४ हजार ७ सय ३० रुपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो । त्यसक्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मञ्जुरनामा गरेका थिए । मञ्जुरनामा गरेको जग्गा बैंकमा धितोमा रहकाले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन् ।

निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए । उनका अनुसार घाट निर्माणमा लगानी गरिएको ४ लाख ८४ हजार ७ सय ३० रुपैयाँको ब्याजसहित ५ लाख ५१ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा गरिएको हो । रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button