नेपाल–भारत सम्बन्धबारे पत्रकारहरुको गोष्ठी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेशनल युनियन जर्नालिस्टस (आइ), बिहारको रक्सौल अनुमण्डल इकाईको तत्वावधानमा ‘भारत–नेपाल रिश्तेः अतीत र वर्तमान’ विषयक गोष्ठी भएको छ । गोष्ठीमा प्रमुख अतिथिका रूपमा भारतीय जनता पार्टी (भाजपा) बिहारका पूर्वअध्यक्ष तथा सांसद संजय जायसवाल, विशिष्ट अतिथिमा लोसपा मधशस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनल, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, पूर्वमन्त्री रामचन्द्र कुशवाह, राष्ट्रिय जनता दल (आरजेडी) का नेता सुरेश यादव, पत्रकार चन्द्रकिशोर झा, महिला नेतृ करिमा बेगमलगायत राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसँगै भारतीय पत्रकारको उपस्थिति थियो ।

गोष्ठीमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, समसामयिक मुद्दा र भविष्यका सम्भावनामा चर्चा गरिएको थियो । भारत–नेपालबीचको सद्भाव र आपसी सहयोगलाई अझ सुदृढ बनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक र आर्थिक पक्षबारे विचार–विमर्श गरिएको थियो । वक्ताहरुले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सुझाव र योजना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button