वीरगंज नाकाबाट २३ अर्ब बढीको खाद्यान्न भित्रियो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सार हुँदै चालु आर्थिक बर्षको ११ महिनामा २३ अर्ब ५ करोड १७ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को साउनदेखि जेठ मसान्तसम्म ८ अर्ब २ करोड ८० लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा १ अर्ब ६१ करोड ८४ लाख ५३ हजार मुल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ७ अर्ब ६४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । यसैगरी वीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५५ करोड ३३ लाख ८४ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ४ अर्ब २० करोड ६३ लाख मुल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै र गहुँ लगायतका खाद्य सामग्रीबाट वीरगंज भन्सारले १ अर्ब २८ करोड ३७ लाख २४ हजार राजस्व असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । गत वर्ष वीरगंज नाकाबाट सो अवधिमा २० अर्ब ६२ करोड १३ लाख ९८ हजार मुल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो वापत १ अर्ब २२ करोड ६४ लाख २१ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button