निशुल्क कृषि मीटरका लागि कृषि मन्त्रालयको पहल

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम, २४ माघ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानहरुको सिचाई व्यवस्थापनका लागि निशुल्क कृषि मीटर उपलब्ध गराउने पहल शुरु गरेको छ ।

नेपाल सरकारको घोषित कार्यक्रम अन्तर्गत प्रदेशका ४४ वटा पालिकाले कृषि मीटर पाइसकेका छन् । छुट भएका ९२ वटा पालिका र वडाहरुको प्रक्रिया गर्न पुरा गर्न प्रदेशका कृषि मन्त्रालयले पहल शुरु गरेको हो ।
मन्त्री बसन्त कुशवाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विधुत प्राधिकरण, प्रादेशिक कार्यालयका प्रमुख ई. मुनिन्द्र ठाकुरको समन्वयमा मधेश प्रदेशभित्र सम्पुर्ण १३६ वटै पालिकामा सिचाई व्यवस्थापनका लागि किसानहरु निशुल्क कृषि मीटर पहल शुरु भएको हो ।

मन्त्री कुशवाहाले दिएको जानकारी प्रक्रिया पुरा गर्न नसकेका पालिकाहरुले यी कार्यक्रम आफ्नो पालिकामा संचालनका लागि जिल्लाको नेपाल विद्युत प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटेर छलफल गर्ने, नेपाल विधुत प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नुपर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउने सहित निर्णय पालिकाले कार्यपालिकाबाट पारित गराई सम्बन्धित प्राद्यिकरणलाई उपलब्ध गराउन र बाँकी कार्यका लागि नेपाल विधुत प्राधिकरण प्रदेश कार्यालय र प्रदेश कृषि मन्त्रालयले पहल गर्ने निर्णय गरिएको छ ।
उनले भने कृषि मीटर निशुल्क पाइसकेका पालिकाका किसानहरुले पम्पिङ्ग सेट मन्त्रालयबाट उपलब्ध गराउने कार्य जारी रहेको छ । हुनत यसअघि पनि पम्पिङ्ग सेट उपलब्ध गराइएको थियो तर त्यो व्यवस्थित थिएन । अब कृषि मीटर पाएकाहरुलाई मात्र पम्पिङ्ग सेट उपलब्ध गराइनेछ ।

उनका अनुसार सप्तरीको ९, धनुषाको १४, महोत्तरीको ११, रौतहटको ६ र पर्सा तथा सर्लाहीको १÷१ वटा पालिकाका अधिकांश वडाहरुले निशुल्क कृषि मीटर पाइसकेका छन । उनले भने कृषि मीटरमा उठेका महसूल पालिकाले तिर्ने निर्णय गराई सम्बन्धित प्राद्यिकरण कार्यालयलाई उपलब्ध गराइसकेका पालिकाहरुलाई निशुल्क कृषि मीटर उपलब्ध गराउने हो । यो कार्यक्रम अन्तर्गत मीटरमा उठेका विद्युत महसूले प्रति यूनिट २ रुपैया २५ रुपैयाको दरले सम्बन्धित पालिकाले तिर्ने हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका सप्तरी जिल्लाको राजबिराज नगरपालिका, रूपनी गाउँपालिका, छिनमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका, बलान बिहुल गाउँपालिका, बोदेबरसाइन नगरपालिका, खड़क नगरपालिका, सुरूँगा नगरपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका सहितका ९ वटा पालिकालाई कृषि मीटर उपलब्ध गराइएको छ ।

त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, सहिदनगर नगरपालिका, बिदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, हंसपुर नगरपालिका, कमला कमला नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसरनिया गाउँपालिका, मिथिला बिहारी नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका सहितका पालिकका वडाहरुले पाएका छन् ।

महोतरीका औरही नगरपालिका, गौशाला नगरपालिका, सम्सी गाउँपालिका, भंगहा नगरपालिका, एकडारा गाउँपालिका, पिपरा गाउँपालिका, मनारा सिस्वा नगरपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिका, महोतरी गाउँपालिका, रामगोपालपुर नगरपालिका, सर्लाहीका ईश्वरपुर, बसवरिया, रौतहटका मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, कटहरिया नगरपालिका, माधवनारायण नगरपालिका, गढीÞमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र पर्साको बीरगंज महानगरपालिकाका किसानहरुले कृषि मीटर पाएका छन् ।

नेपाल विद्युत प्राद्यिकरण प्रदेश कार्यालयबाट पालिकाहरुको कृषि मीटरका लागि ४० करोड ८५ लाख २६ हजार ४७४ रुपैया थप बजेट सहितको रकम समेत स्वीकृत गरिएको जनाइएको छ । जिल्लागत रुपमा धनुषाको लागि ४२ लाख, महोत्तरीका लागि ८ करोड ७८ लाख, सर्लाहीका लागि २५ करोड ३५ लाख, रौतहटका लागि ५ करोड २९ लाख र बाराको लागि एक करोड रुपैया छुटयाइएको छ भने थप बजेटका लागि ८२ करोड ६३ लाख फाइल पठाइएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button