
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले आज मंगलबार आफ्नो नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले प्रदेशसभा सदस्यलाई दिनको २ बजे उपस्थित हुन आग्रह गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेर छलफल गरेर पारित गरेपछि असार १ गते बजेट ल्याउन पर्ने छ । केही दिनअघि जनमत पार्टीको नेतृत्वमा मधेश सरकार गठन भएको हो । मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत समेत लिएका छैनन् ।