फतुवाविजयपुरले बुझायो नगरवासीको बिद्युत महशुल

[mashshare]

मधेशदृष्टि
रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले नगरवासीका घरको विद्युत महसुल बुझाएको छ । ग्राहकको विद्युत महशुल बापत दुई करोड ७५ लाख ३३ हजार रुपैयाँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले मौलापुर विद्युत प्राधिकरणका प्रमुख दिनेश कुमार यादवलाई बुझाएका हुन् । सोमबार प्रमुख प्रशासकीय अधिकृत पालले प्राधिकरणका प्रमुख यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ को लागि विद्युत महशुल तिर्न छुट्याईएको चार करोड रुपैयाँबाट नगरभरीको जनताको घरको विद्युत महशुल तिर्ने जनाइएको थियो । यस आर्थिक वर्षमा मात्र चार करोड विद्युत शीर्षकमा छुट्याईएको हुँदा पहिलो चरणमा प्रत्येक घरको नयाँ पुरानो मीटरको सेवाग्राहीलाई बढीमा १० हजार रुपैयाँ भूक्तानी गर्ने मेयर अम्बेया खातुनद्वारा जारी सूचनामार्फत जानकारी गराएको थियो । गत आइतबार मात्रै पनि विद्युत महशुल तिर्ने बिषय लिएर फतुवा विजयपुरमा सर्वदलीय संघर्ष समितिले सर्वपक्षीय बैठक राखेको थियो ।

पछिल्लो समय प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले समेत देशको विभिन्न स्थानीय तहमा बिजुली पानी निःशुल्क गराउनुपर्ने मागसहित सर्घषका कार्यक्रमहरु गर्दै आइरहेको थियो । केही महिना अगाडि मात्रै आजपाले मेयर अम्ब्या खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई निःशुल्क करसहित १० बुँदे माग ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button