समाजको उत्थानमा युवाको भूमिका महत्वपूर्ण : साह

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
तेली कल्याण समाज नेपालका अध्यक्ष विश्वनाथ साहले समाजको उत्थानमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ कपलेश्वरमा तेली कल्याण समाजले आयोजना गरेको शपथ ग्रहण तथा कार्यालय उद्घाटन समारोहमा अध्यक्ष साहले युवा नै राष्ट्र निर्माता भएको उल्लेख गर्दै समाजको उत्थानमा युवाको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा सभालाई सम्बोधन गर्दै तेली कल्याण समाज नेपालका अध्यक्ष साहले भने, ‘नेपालमा तेलीको जनसंख्या ५ प्रतिशत छ । तर राजनीतिक क्षेत्रमा तेलीको सहभागिता न्यून छ ।’ विशेष अतिथिका रुपमा बोल्दै नेपाल सरकारका पूर्वमन्त्री अनिता साहले तेली जातीमा शिक्षाको अभाव रहेको बताइन् । विशेषगरी महिला शिक्षामा जोड दिन जरुरी रहेको उनले बताइन् । दाइजो प्रथा समाजका लागि कलंक भएको भन्दै उनले त्यसका विरुद्ध सचेतना फैलान जरुरी रहेको बताइन् ।

विजयकुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय अध्यक्ष विश्वनाथ साहले नवनिर्वाचित अध्यक्ष विगुल साहलगायत सबै पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा जेष्ठ महिला तथा पुरूषलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । शपथ ग्रहण समारोहमा पूर्वमन्त्री अरविन्द साह, पूर्वमन्त्री शैलेन्द्र साह, पूर्व मेयर बजरंग साह, केन्द्रीय सचिव सत्यनारायण साह, जनमत नेता ई. शम्भु साह, सञ्जयकुमार साह, नेकपा समाजबादीका पोलिटब्यूरो सदस्य सुधीरकुमार साह, पूर्व जिविस सभापति रामचरित्र साह, वडाध्यक्ष परमेश्वर साह, दीपेन्द्र साह, जानकीराम साह, ललित साह, राम वावू साह, अंबू प्रसाद साह,जगदीश साहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button