वीरगंज नाकाबाट २१ अर्ब बढीको सामान निर्यात

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज आइसिपी भन्सार नाका हुदै आर्थिक बर्ष २०८०÷०८१ को दश महिनामा भारतलगायत तेस्रो मुलुकतर्फ २१ अर्ब ५० करोड १६ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्डलगायतका मुलुकहरुमा तेल, जुस, कपडालगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए ।

आइसिपी भन्सार नाका हुदै दश महिनाको अवधिमा ६ अर्ब ८१ करोड १८ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको पाम आयल निर्यात भएको छ । त्यसैगरी सो अवधिमा ५ अर्ब ५९ करोड १९ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने ९२ करोड ८ लाख ७७ हजार मुल्य बराबरको जमोठ कपडा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताए । त्यसैगरी दश महिनाको अवधिमा १ अर्ब ४१ करोड ७४ लाख ६ हजार रुपैयाँ मूल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डावर नेपालका उत्पादनहरु ७३ करोड ४३ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको भारत निर्यात भएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको दश महिनामा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको भारत निर्यात भएको छ । वीरगंज भन्सार नाकाबाट ७२ करोड ८ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको सेन्थेटिक यार्न, ५८ करोड ३० लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । त्यसैगरी वीरगंज नाकाबाट दश महिनामा ५५ करोड ४० लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको स्पोर्ट सुज, ६३ करोड १५ लाख ६४ हजार रुपैयाँ बराबरको नेपाली कपडा, २२ करोड ४१ लाख ९१ हजार रुपैयाँ बराबरको उनी गलैचा भारत निर्यात भएको छ ।

वीरगंज भन्सार कार्यालयका अनुसार वीरगंज नाकाबाट ७० करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सि.आर.सिट, ५३ करोड ३० लाख ५६ हजार रुपैयाँको कुकुर तथा बिरालोको खाना, ३७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको तयारी कपडा, ५७ करोड ७४ लाख ११ हजार रुपैयाँ बराबरको दन्तमन्जन निर्यात भएको छ । आइसिपी भन्सार कार्यालय वीरगंजका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार ९ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सुर्यमुखी प्रशोधित तेल, २६ करोड २३ लाख ९५ हजार रुपैयाँ मूल्यको प्लाष्टिकका बिर्को ढकनीहरु र १ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको चोकर, भुस भारत निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button