पशुपतिमा सरसफाइदेखि देशैभर विभिन्न कार्यक्रमसहित मनाइयो आइटी आर्मीको साधारणसभा

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभर विभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइदेखि देशैभर विभिन्न कार्यक्रम गरी आइटी आर्मीले दोस्रो स्थापना दिवस मनाएको हो ।

पशुपतिनाथ मन्दिर क्षेत्रसँगै कैलाश डाँडा क्षेत्रमा आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा रहेको टोलीले शुक्रबार सरसफाइ गरेको थियो । यसैगरी स्थापना दिवसकै अवसरमा आजपाका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटको ऐतिहासिक गुजरामाइ पार्कको उद्घाटन तथा वृक्षारोपण गरेका छन् ।

त्यसैगरी आइटी आर्मीका केन्द्रीय सदस्य रजनीश प्रसाद कुशवाहाको पहलमा मधेश प्रदेशको वीरगंजको विभिन्न ठाउँमा ३ सय भन्दा बढी विपन्न, असहाय र भोकालाई खाना वितरण कार्यक्रम गरिएको छ । यस्तै सप्तरी जिल्ला कमिटीद्वारा राजविराजको गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पतालमा ५० जनाभन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको छ ।

यता, रौतहट जिल्ला कमिटीको आयोजनामा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम, बारा जिल्ला कमिटीद्वारा कलैया प्रादेशिक अस्पतालमा ४५ जनाभन्दा बढी बिरामीलाई फलफूल वितरण, सर्लाही, वीरगंज, बर्दिबास, नवलपरासी, धनुषा, काभ्रे, सिरहालगायत देशका दर्जनौँ ठाउँमा रंगोली बनाएर दीप प्रज्वलनलगायतका सामाजिक कार्यसहित हर्षोल्लासपूर्वक स्थापना दिवस मनाइएको छ ।
आइटी आर्मी सप्तरीले अस्पतालका बिरामीलाई फलपmूल वितरण गरेको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारक्रममा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको संगठनले जनाएको छ । बिरामीलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष दिलीप कुमार साहले बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष धिरेन्द्र कुमार दास, सचिव सञ्जय शर्मा, अस्पतालका कर्मचारी धनेश्वर साह, संगठनका जिल्ला अध्यक्ष दिलिप कुमार साह, आमजनता पार्टीका जिल्ला सचिव सुनिलराज दास, संगठनका सदस्य सन्तोष कुमार साह, रामकुमार साहलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button