वीरगंजमा एनसेल सेन्टर सञ्चालनमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा विस्तार गरेको छ । बिहीबार वीरगंजमा एक कार्यक्रमका बीच एनसेल सेन्टरको कम्पनीका अपरेशन चिफ अफ स्टाफ स्टोफेन रोड्रिगेजले रिवन काटेर एनसेल सेन्टर कार्यलयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अपरेशन चिफ स्टाफ रोड्रिगेजले ग्राहकलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउन एनसेल कम्पनी प्रतिबद्ध रहेको बताए ।

एनसेलको कष्टमर एक्सपेरियन्स म्यानेजर ज्योती दाहालले वीरगंजका स्थानीय ग्राहकलाई अझै बढी सेवा सुविधा र सहजता दिने उद्देश्यले वीरगंजमा एनसेल सेन्टरको स्थापना गरेको जानकारी दिइन् । एसनेल सेन्टर उद्घाटनको अवसरमा विभिन्न नयाँ योजना समेत उपलब्ध रहेको उनले बताइन् । उक्त एनसेल सेन्टरबाट नयाँ सिमकार्ड निकाल्न, सिमकार्ड हराएको समस्या, डिजिटल सिमकार्ड लगायत एनसेलसम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु प्राप्त गर्न सकिने म्यानेजर दाहालले बताइन् ।

वीरगंजमा एनसेल सीमकार्ड प्रयोगकर्ता धेरै रहेको भन्दै म्यानेजर ज्योती दाहालले ग्राहकको सहजताका लागि स्थानीय भाषामा समेत सेवा प्रवाह गरिने बताइन् । साथै उनले ग्राहकको सुझाव सल्लाह र प्रतिक्रियालाई लिएर आगामी दिनमा एनसेलले नयाँ सेवा सुविधा ल्याउन सकिने विश्वास समेत व्यक्त गरिन् । कार्यक्रममा एनसेल सेन्टरका कर्मचारी, ग्राहक, विभिन्न सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button