पूर्वमेयर सरावगीले सक्रिय राजनीति छाड्ने

[mashshare]

मधेशदृष्टि
वीरगंज
वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख एवम् केन्द्रिय सल्लाहकार विजय कुमार सरावगीले आफूले एमाले परित्याग गर्ने र सक्रिय राजनीति समेत छोडने बताएका छन् । मधेशदृष्टिसँग संक्षिप्त कुरा गर्दै एमाले केन्द्रिय सल्लाहकार सरावगीले राजनीतिमा धेरै ‘तेलाबेला’ हुने र ‘तेलाबेला’ गर्नेहरु नै नेतृत्वमा पुग्ने हुँदा आफनो चरित्र ‘तेलाबेला’ गर्ने नभएको हुँदा सक्रिय राजनीतिबाट विदा लिन लागेको स्पष्ट पारे ।

उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा जाने कुरा हल्ला मात्रै रहेको दाबी गर्दै अहिले आफू एमाले छोड्ने र राजनीतिमा निस्कृय रहने बताए । जसपा नेपालमा फर्किने अड्कलवाजी भइरहेका बेला उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न काठमाडौँ पुगेका छन् ।

२०७३ सालमा तत्कालिन संघीय समाजवादी फोरमबाट सक्रिय राजनीतिक यात्रा शुरु गरेका सरावगी पहिलो स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button