लायन्स क्लव अफ वीरगंजको अध्यक्षमा अधिकारी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
समाज सेवामा छुटै पहिचान बनाएको लायन्स क्लव अफ वीरगंज परिवारको अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । लायन्स क्लवको नयाँ बोर्ड समितिको भेलाले अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अधिकारीलाई सन् २०२४÷०२५ को लागि समितिको भेलाले चयन गरेको हो । लायन्स क्लवको नवगठित समितिको प्रथम उपाध्यक्षमा नरोत्तम पाण्डे, दोस्रो उपाध्यक्षमा दिगम्बर थापा र तेस्रो उपाध्यक्षमा संदीप साहलाई चयन गरिएको छ । त्यसैगरी, सचिवमा गणेश ठाकुर र कोषाध्यक्षमा सुधीर साहलाई चयन गरिएको निर्वाचन अधिकृत सन्दिप गुप्ताले जानकारी दिए ।

साथै, भेलाले लायन्स क्लव अफ वीरगंज परिवारका श्याम गुप्ता डिष्ट्रिक्ट (३२५ एस) को एरिया ३ को चिफमा चयन भएका छन् । नव निर्वाचित अध्यक्ष भानुभक्त अधिकारीले लायन्स क्लवको विधान र नियमको परिधिमा रहेर सामाजिक सेवा र मानवीय सेवामा लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button