लागु औषधसहित दुई जना पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगंजको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिबार बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागु औषधसहित गाडीका चालक वीरगंज महानगरपालिका वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाँउका २० वर्षीय राजन यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button