विपन्न परिवारलाई ग्यास चुलो वितरण

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
महोत्तरीको मटिहानीमा दलित र अति विपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर र चुलो निःशुल्क वितरण गरिएको छ । शनिबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित श्री राम माद्यामिक विद्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद महन्थ ठाकुरले सिलिण्डर र चुलोको सेट हस्तान्तरण गरेका हुन् । सुशीला ठाकुर मेमोरियल हेल्थ फाउंडेशनलाई सिलिण्डर र चुलो भारत सरकारको साना विकास परियोजना अन्तर्गत प्राप्त भएको थियो ।

मटिहानी नगरपालिकाका वडा १ देखि ९ सम्मका करीब दुई हजार अति विपन्न तथा दलित परिवारलाई निःशुल्क सिलिण्डर र चुलो वितरण गरिएको कुरा सुशीला ठाकुर हेल्थ मेमोरियल फाउंडेशन धनुषाका अध्यक्ष डा. मिनाक्षी ठाकुरले बताए । नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भारतबाट हुने यस किसिमका सहयोगले नेपाल–भारतका जनताबीच अझ मजबुत बनाउन सहयोग हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button