ढल्केबरमा २११ जना युवाद्वारा रक्तदान

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
युवाहरुको सक्रियतामा ढल्केवरमा दुई सय ११ जनाले रक्तदान गरेका छन् । विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा शनिबार ढल्केवरमा भएको रक्तदान कार्यक्रममा दुई सय ११ जना युवाले रक्तदान गरेका हुन् । ढल्केवर कार्यक्षेत्र बनाएर काम गरिरहेको मिथिला युवा सञ्जाल, मिथिला उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ढल्केवर, मिथिला लायन्स क्लब , मिथिला ब्याडमिन्टन क्लब, मधेश प्रदेश उद्योग परिसंघ मधेश प्रदेश, मिथिला नगर पत्रकार सञ्जालको संयुक्त आयोजना तथा नेपला रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग र ब्लड फर नेपालको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा ढल्केवरसहित वरिपरिका युवा, महिला, व्यापारी, श्रमिक, शिक्षक, राजनितिज्ञ, विधार्थी, पत्रकार, खेलाडीलगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदाताहरुलाई आयोजक संस्थाले प्रमाणपत्र प्रदान गरेका थिए ।

ढल्केवरमा हालसम्मकै धेरै (२११) जनाले रक्तदान गरेको सुखद पक्ष रहेको मिथिला युवा सञ्जाल ढल्केवरका अध्यक्ष ई.मनिष महतोले बताए । रक्तदान कार्यक्रममा युवाहरुको सक्रियता देखेर एकदमै खुशी लागेको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् । साथै उनले नगरको विकासका लागि यस्ता सामाजिक कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । त्यसैगरी, मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले युवाहरुको सक्रियाता हुने विभिन्न सामाजिक कार्यहरु गर्नुपर्ने आवश्यकता रहेको र त्यसमा आफ्नो पनि सहयोग रहेन बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button