सप्तरीमा ६० परीक्षार्थीको एसईई परीक्षा रद्द

[mashshare]

मधेशदृष्टि
राजविराज ।
सप्तरीका विभिन्न विद्यालयमा एसईई परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा ६० विद्यार्थीको परीक्षा रद्द गरिएको छ । साथै, परीक्षा निरीक्षक र केन्द्राध्यक्षलाई पनि जिम्मेवारीबाट हटाइएको छ । बिहीबार जिल्लाका विभिन्न एसईई परीक्षामा मर्यादाविपरीत परीक्षा केन्द्रमा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाई बाहिरबाट मोबाइल मार्फत उत्तर ल्याउने कार्यमा सक्रिय ६० परीक्षार्थीको एसइई परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।

इकाईका प्रमुख मण्डलका अनुसार ४७ जना पकरी परीक्षा केन्द्रबाट ९ जना राजविराजको बर्ड भिजन परीक्षा केन्द्रबाट एक जना भारदह परीक्षा केन्द्र र एक जना राजविराजको के.अ. मावि परीक्षा केन्द्रबाट गरी ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । यसअघि गत आइतबार अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाका विभिन्न परीक्षा केन्द्रका गरी ७१ जना परीक्षार्थी निष्कासनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button