जनलोकपालको व्यवस्था गर्न थापाको माग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखिएका विकृति विसंगति र बेतिथिको अन्त्यका लागि जनलोकपालको व्यवस्था गर्न माग गरेका छन् । राप्रपा नेपाल पर्साको आयोजनामा सोमबार वीरगंजमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय मुलुकमा भ्रष्टचार व्यापक रुपमा बढ्दै गएको र मुलुक तस्करीतन्त्रमा रुपान्तरित भएको बताए । उनले भ्रष्टतन्त्रको अन्त्यको लागि जनलोकपालको व्यवस्था जरुरी रहेको बताउँदै यो व्यवस्था लागू भए धेरै हदसम्म मुलुकमा देखिएका बेथितिको निराकरण हुने दाबी गरे ।

अध्यक्ष थापाले राप्रपा नेपालले मुलुकमा देखिएको बेथितिविरुद्ध समाधान निकाल्ने सहित आन्दोलनको तयारीमा जुटेको बताउँदै वर्तमान अवस्थामा राजनीतिक प्रणाली नै असफल देखिएको दाबी गरे । उनले देश आर्थिक, सामाजिक, सांस्कृतिरुपमा असफल हुँदै गइरहेकाले अब राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्ने बेला आएको जिकिर गरे । उनले राजनीतिक दलहरुले जनआकांक्षा पुरा नगर्ने र राजा प्रति जनताको सद्भाव बढदै गएको दाबी गर्दै पूर्वराजालाई बदनाम गराउने षडयन्त्रमा केही शक्ति लागेको आरोप लगाए ।

अध्यक्ष थापाले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक उच्चस्तरीय छानविन समिति गठन गरेर छानविन गर्न आग्रह गरे । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिव पराजुली, पूर्व जिविस सभापति शम्भु चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button