स्वास्थ्य सामग्री खरिदमा बदमासी हुन दिन्नः मन्त्री

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य सामग्री खरिदमा कुनै प्रकारको बदमासी हुन नदिने बताएका छन् । उनले स्वास्थ्य सामग्री खरिदमा चलखेल भइरहेको सुनेको बताउँदै यस विषयमा जानकारी लिएर पारदर्शीताका आधारमा स्वास्थ्य सामग्री खरिद गरिने र कुनै पनि प्रकारले बदमासी हुन नदिने बताए ।

उनले यस विषयमा मन्त्री बन्नुपूर्व नै आफूहरुले सञ्चार माध्यमबाट विभिन्न प्रकारले खबर थाहा पाएको र अब यस विषयमा छिट्टै जानकारी लिने बताए । उनले भने, ‘स्वास्थ्य सामग्री खरिदको विषयमा बदमासीको कुरा सञ्चारमाध्यममा खबर आएको सुनेको र मन्त्री बनेपछि होलीपर्व आगमनसँगै अब होली सकिएकाले गम्भीरताका साथ जानकारी लिनेछु । मेरो कार्यकालमा कुनै पनि प्रकारको स्वास्थ्य सामग्री खरिदमा कुनै पनि हिसाबले बदमासी हुन दिनेछैन । सचेत र गम्भीर छु ।’

मन्त्री सिंहले मन्त्रालय आएपछि अस्पतालको स्तरोन्नति कार्य अगाडि बढाएको बताउँदै केही दिनमा स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन आउने बताए । उनले स्वास्थ्य क्षेत्रको सुधार गरेर मधेश प्रदेशका जनतालाई गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न हरेक किसिमले प्रयास गरिने बताए । सिंहले स्वास्थ्य संस्थामा हुने औषधी अभावको समस्यालाई समेतमा खरिद गरेर अभाव हुन नदिनेमा आफू प्रयासरत रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूहरुले ठोस योजना बनाएर अगाडि बढ्नेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button