
एसपी गौरव
सर्लाही ।
सर्लाहीको पहिलो नगरपालिका मलंगवा नगरपालिका जिल्लामै पहिलो साक्षर नगरपालिका घोषणा भएको छ । जिल्लाका २० पालिकामध्ये पहिलो तथा मधेश प्रदेशमा चौथो पालिकाका रुपमा मलंगवा नगरपालिका मंगलबार साक्षर घोषणा भएको हो । मलंगवा नगरपालिकाको आयोजनामा ‘साक्षर नेपाल, समृद्ध नेपाल र सुखी नेपालीः साक्षर मलंगवाबासी, हामी गौरवशाली’ भन्ने मूल नाराका साथ जिल्लाकै प्रथम साक्षर पालिका मलंगवा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिकाको १२ वटै वडा ९६ दशमलव १३ प्रतिशत व्यक्ति साक्षर भएकाले साक्षर नगरपालिका घोषणाा गरिएको हो । मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका कुल पाँच हजार छ सय ३० निरक्षर जनसंख्यामध्ये पाँच हजार चार सय १२ अर्थात् ९६ दशमलव १३ प्रतिशत जनसंख्या साक्षर भएकाले नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए ।मलंगवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्न महत्वपूर्ण योगदान पु¥याउने शिक्षकलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका पुस्तक पनि विमोचन गरिएको मलंगवा नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिए ।
के छ मापदण्ड ?
नेपाल सरकारको मापदण्डअनुसार पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्नसक्ने हुनुपर्ने व्यवस्था छ भने विभित्र १२ वटा सूचकांक पूरा गरेको हुनु पर्ने छ । ‘राष्ट्रभाषा वा मातृभाषाका वर्ण–अक्षरको पढाइ र लेखाइ सात लेनदेनका हरहिसाब राख्न, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र ८ सरल चित्र पोष्टर साइनबोर्ड र ट्राफिक बीचको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर, लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अङ्क अक्षर लेखाइ ६१ देखि १०० सम्म गणना सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन र बैङ्क भौचर भर्न तथा चेक प्रयोग गर्नसक्ने हुनु पर्छ भन्ने १२ सूचकांक तयार पारेको छ ।
तर मलंगवा नगरपालिकाले यी मापदण्ड (सूचकांक)हरु पूरा नगरी साक्षर घोषणा भएको छ । विगत करिब एक वर्षअघिदेखि तयारी थालेको बागमती नगरपालिकाले त साक्षर घोषणा गर्न सकेको छैन । साक्षर घोषणा गर्ने होडबाजीका कारण सूचकांकसमेत पूरा नगरी साक्षर घोषणा सुरु गरिएको हो ।






