मधेशमा आपराधिक मुद्दाको ‘ग्राफ’ बढ्दो, पर्सामा सबैभन्दा बढी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशमा आपराधिक मुद्दा दर्ताको संख्या वर्षे पिच्छे बढ्दै गएको देखिएको छ । मधेशमा पछिल्लो तीन वर्षको अवधिमा २४ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको तथ्यांक देखिएको छ । मधेश प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष ०७८÷०७९ मा ८ हजार ४५४ मुद्दा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष ०७९÷०८० मा ९ हजार ८ सय ४४ र चालु आर्थिक वर्षको ८ महिनामा (फागुनसम्म) ६ हजार १६० वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७८÷०७९ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २४ हजार ४ सय ५८ वटा आपराधिक मुद्दा दर्ता भएका हुन् । यीमध्ये ०७८÷०७९ मा ६ हजार ७९१, ०७९÷०८० मा ८ हजार ३८ र चालु आर्थिक वर्ष ०८०÷०८१ को फागुन समान्तसम्ममा ३ हजार ७३४ वटा मुद्दा फच्र्छौट भएका छन् भने ५ हजार ८ सय ९५ वटा मुद्दा फच्र्छौट हुन बाँकी छ ।

कुन जिल्लामा कति मुद्दा दर्ता भए ?
पर्सा : ५ हजार २९९
बारामा : ३ हजार १११
रौतहटमा : २ हजार २१४
सर्लाहीमा : २ हजार ६०३
महोत्तरी : २ हजार १०४
धनुषामा : ३ हजार ६३८
सिरहा : ३ हजार १२९
सप्तरी : २ हजार ३६०

पर्सामा बढी, महोत्तरीमा कम
प्रदेशका ८ वटै जिल्लामा पर्सा जिल्लामा सबैभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८÷०७९ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशका भरि दर्ता भएका २४ हजार ४ सय ५८ वटा आपराधिक मुद्दाहरुमध्ये पर्सामा मात्रै ५ हजार २९९ मुद्दा दर्ता भएका छन् । जसमध्ये ४ हजार ४१४ मुद्दाहरु फच्र्छौट गरिएको छ भने ८८५ मुद्दा भने फच्र्छौट हुन बाँकी छ । आर्थिक वर्ष ०७८÷०७९ मा प्रदेशभरिमा दर्ता भएको कुल आपराधिक घटना ८ हजार ४५४ मध्ये पर्सामा मात्रै १ हजार ८०३ मुद्दा दर्ता भएको छ । ती मध्ये १ हजार ५९४ मुद्दा फच्र्छौट भएको छ ।

यसैगरी ०७९÷०८० मा दर्ता भएका ९ हजार ८४४ मुद्दामध्ये पर्सामा मात्रै २ हजार २७२ वटा दर्ता भएको छ । जसमध्ये १ हजार ९६६ वटा मुद्दा फच्र्छौट गरेको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षमा दर्ता भएका कुल ६ हजार १६० मुद्दामध्ये पर्सामा एक हजार २२४ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये ८५४ मुद्दा मात्र फच्र्छौट भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

मधेशमा सबैभन्दा कम अपराध हुने जिल्लाको सूचीमा महोत्तरी छ । महोत्तरीमा पछिल्लो तीन वर्षमा कुल २ हजार १०४ वटा आपराधिक मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । प्रहरीमा दर्ता भएका अपराधका मुद्दा प्रत्येक वर्ष बढ्दो क्रममा छन् । तर मुद्दाको फर्स्यौट संख्या भने प्रत्येक वर्ष घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । मुद्दा छिनोफानो नहुनुको पछाडि जनशक्ति अभाव नै मुख्य समस्या रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button