
मधेशदृष्टि
वीरगंज ।
आँउदो होली पर्वलाई लक्षित गरी वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिले बसपार्क क्षेत्रका विभिन्न पसल र होटलमा अनुगमन गरेको छ । मंगलबार अनुगमनका क्रममा बसपार्क क्षेत्रका विभिन्न पसल र होटलहरुबाट म्याद गुज्रिएका बियर, लिच्ची जुस, पेप्सी, लेज, कुरकुरे लगायतका सामानहरु जफत गरी नष्टपनि गरिएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
अनुगमन टोली त्यहाँ पुग्दा कतिपय पसलेहरुले पसल नै बन्द गरेका थिए । अनुगमन टोलीलाई पसलेहरुले असहयोग पनि गरेकोे महानगरका खाद्य अधिकृत बिपिनलाल कुमार दासले बताए । वीरगंज महानगरपालिकाका खाद्य अधिकृत दासको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीमा वीरगंज उद्योग वाणिज्य संघका मनोज दास, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीका साथै नापतौल कार्यालय, खाद्य सुरक्षा अनुसन्धान कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरु सहभागी थिए ।






