साईकल यात्रुलाई ठक्कर दिएपछि बसमा आगजनी

[mashshare]

एसपी गौरब
सर्लाही ।
सर्लाहीको कविलासीमा स्थानीयले बसमा आगजनी गरेका छन् । कविलास नगरपालिका वडा नम्बर १० सलेमपुरमा साईकल यात्रुलाई ठक्कर दिएको भन्दै स्थानीयले सोमबार (आज) बसमा आगजनी गरेका हुन् । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले सोही ठाउँका साईकल यात्रु ५५ वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले यात्रु बसमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुका अनुसार बसले साईकललाई ठक्कर दिएपछि आक्रोशित स्थानीयबासीले बसमा आगजनी गरेको हुन्। आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त बनेको सर्लाही प्रहरीले जनाएको छ ।

घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button