वीरगंजबाट पचास लाख मूल्यको सामान बरामद

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा प्रहरीले भन्सार छलीको ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित पावर हाउस चोकबाट ना ८ ख ३५४९ नम्बरको ट्रकसहित लत्ताकपडा, औषधी, खाद्यान्न सामाग्री नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३ हजार १० रुपैयाँ मूल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए ।

त्यसैगरी, प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याउदै गरेको ८ लाख १९ हजार रुपैयाँ मूल्यको कपडा, चिनी, सूर्ती तथा औषधी बरामद गरिएको डिएसपी थापाले बताए । ती सामानहरु आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button