जब प्राध्यापकले विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाए…

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरको राराब क्याम्पसका एक प्राध्यापकले विद्यार्थीसँग रकम उठाएको भेटेपछि स्ववियुका नेताहरुले उनलाई नियन्त्रणमा लिए । आइतबार क्याम्पसमा ईन्टरनल मार्कको नाममा प्राध्यापक डा. सुशिल यादवले विद्यार्थीहरुसँग प्रति विद्यार्थी दुई/दुई हजार रुपैयाँ उठाउँदै गरेको गुनासो आएपछि स्ववियुका सदस्यहरुले उनलाई रकम लिँदालिँदै रंगेहात नियन्त्रणमा लिएको हो ।

सोसोलोजी विषयमा क्याम्पसबाट दिइने आन्तरिक मार्कको लागि अधिक मार्क दिने भन्दै विद्यार्थीहरुबाट रकम असुल गर्दै गरेको पाइएको स्ववीयु सदस्यहरुको भनाइ छ । लोकतान्त्रिक विद्यार्थी संघका इकाई अध्यक्ष अजय पण्डित, स्ववियु सदस्य गौतम झा र मुन्ना प्रधानलगायतका विद्यार्थी नेताहरुले प्राध्यापक यादवलाई रकमसहित नियन्त्रणमा लिई कार्यालय भित्र थुनेका थिए ।

तर, केही समयपछि प्राध्यापकले विद्यार्थीहरुको रकम फिर्ता गर्ने सहमति जनाएपछि उनलाई रिहा गरिएको हो । प्राध्यापक रिहा भए पनि आक्रोशित विद्यार्थीले कार्यालयमा तोडफोड समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button