क्षिरेश्वरमा महिला हक्की प्रतियोगिता

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकामा सोमबारदेखि प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सुरु हुन लागेको प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा राष्ट्रिय स्तरका आठ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
तराई मधेश खेलकुदको लागि प्रख्यात रहेको र प्रतियोगिता मार्फत खेलाडीले आफनो प्रतिभालाई देखाउनको लागि प्रतियोगिता महत्वपूर्ण सावित हुने मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, नेपाल सेना तथा आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेमीका गरेर ८ टिमका एक सय ४४ जना महिला हक्की खेलाडीको सहभागिता रहने छ ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ । खेलकुदमार्फत देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाउनका आयोजना हुन लागेको प्रथम महिला हक्की प्रतियोगिता क्षिरेश्वरनाथ माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपैयाँ र कप, द्वितीय हुनेलाई कपसहित एक लाख रुपैयाँ र तृतीय हुने टिमलाई कपसहित ५० हजार रुपैयाँ नगद प्रदान गरिने एकेडेमीका केन्द्रीय अध्यक्ष आचार्यले जानकारी दिए । यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र वमेन अफ दी म्याच हुनेलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने र प्रतियोगितामा ५६ लाख १३ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button