
मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय मुक्ति क्रान्तिले देशव्यापी रुपमा एक महिने १०१ कार्यक्रमहरु सम्पन्न गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोश्रो चरणको १०१ वटा कार्यक्रमहरू सम्पन्न भएको जानकारी दिएका छन् । संयोजक महतोले कार्ययोजना बमोजिम देशभरी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको भन्दै सम्पूर्ण नेता, अभियन्ता, जनसमुदाय तथा सहयोगी, शभेच्छुक, शुभचिन्तक, पक्रकारहरूलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।
दशेव्यापी रुपमा एक महिने कार्यक्रम सम्पन्न भएको सन्दर्भमा असार ४ गते केन्द्रिय कार्यक्रम अन्तर्गत काठमाडौंमा विशाल जनप्रदर्शन गर्न तय भएको कार्यक्रम तयारी हुन नसक्दा स्थगन गरिएको जनाएको छ । सबै नेतृत्व देशभरीको कार्यक्रमहरुमा व्यस्त भएको हुँदा तयारी पूरा हुन नसकेको विज्ञप्तीमा जनाइएको छ ।
संयोजक महतोले काठमाडौंको विशाल जनप्रदर्शन कार्यक्रमको मिति पुनः छलफल गरी सार्वजानिक गरिने उनले बताए । साथै, महतोले सोमबार जारी गरेको विज्ञप्तीमार्फत इस्लाम धर्मावलम्बीहरूको महान पर्व वकर ईदको पावन अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् ।






