अन्तर्राष्ट्रिय पुरस्कारबाट नेपाल चिया विकासलाई सम्मान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेपाल चिया विकास निगम लिमिटेडलाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ । नारायणी नदीको किनारमा दुई दिनसम्म सञ्चालन भएको नेपालमा उत्पादित चियाहरुको बृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रममा नेपाल चिया विकास निगम लिमिटेडलाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । आठौँ एशिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगम लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष चन्द्रलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालको हातबाट पुरस्कासहित सम्मानित गरिएको हो ।

हरेक वर्ष चिनमा विश्वभरीका १७ चिया उत्पादन गर्ने देशहरु बिच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगम लिमिटेडले सहभागिता जनाएको थियो । निगमको कन्याम चिया वगानले २०२३ को उत्कृष्ट चिया बनेर गोल्ड विजेता बन्न सफल भएको थियो । निगमले झापा र इलाममा रहेको आफ्नै सात वटा चिया वगानहरुबाट टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

नेपाल चिया तथा कफि विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा दुईसम्म चलेको मेलामा चिया क्षेत्रमा कृयाशिल विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनको प्रदर्शनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button