मिथिलामा लोकप्रिय कलकतियावाली

[mashshare]
–वीरेन्द्र रमण

अहिले सामाजिक संजालको दायरा निकै फराकिलो भएको छ । सामाजिक संजाल विस्तारसँगै सर्वसाधारणलाई मनोजरंनको साधनमध्ये एउटा साधनका रुपमा समेत सामाजिक संजाललाई लिइएको छ । मनोरंजनको साधन सामाजिक संजाल बनेपछि यसले सहरियादेखि ग्रामीण भेगमा समेत निकै लोकप्रियता कमाएको छ । सामाजिक संजालले मिथिलाको युवापुस्ताका कलाकारलाई रोजरोटीको साधन दिएको छ भने लोकप्रियतासमेत उत्तिकै देखिएको छ । यिनै कलाकारमध्ये एक हुन अभिनाष झा ।

धनुषाको दुवही निवासी झा मिथिलाको सहरिया भन्दा ग्रामीण महिलाबीच निकै लोकप्रिय छन् । महिलाबीच कलकतियावालीका नाममा पहिचान बनाएका छन् । उनले सामाजिक संजालबाट नै मिथिलामा एक स्थापित कलाकार बनेका छन् । मिथिलाको कला क्षेत्रमा निकै संघर्ष गर्दै आएका उनले कुनै समय कलाक्षेत्रमा जमेर परिवार चलाउन सकिँदैन भन्ने सोचका साथ विदेश जान राहदानीसमेत बनाएका थिए । तर पछि उनले यो सोच त्याग्दै अन्तिमपटक प्रयास गर्ने सोचका साथ कलाकारितामा फर्किए । यसपछि उनको सोचले आम्दानी मात्रै होइन, आर्थिक उपार्जनसमेत दिएको छ ।

अहिले मिथिलाका महिलाबीच कलकतियावालीको नाममा निकै परिचित छन् । उनले भने, ‘आफ्नो नाम भन्दा पनि यस नामले स्थापित गराइदिएको छ ।’ तर आजको यो चर्चित कलाकार बन्न उनले धेरै संघर्ष खेपेका छन् । अभिनाषको सानैदेखि कला क्षेत्रप्रति रुची थियो । उनले अभियनय भन्दा पनि गायनमा रुची देखाएका थिए । खास गरी मिथिला क्षेत्रमा गाइने विभिन्न उत्सवको गीत उनको सबैभन्दा बढी इच्छाएको विषय थियो । त्यो समय, मिथिला क्षेत्रको संस्थागतरुपमा कला संरक्षण र वृत्तिविकासमा कार्य गर्दै आएको थियो मिथिला नाट्य कला परिषद । अभिनाष पनि गाउँबाट आएर संस्थामा आवद्ध भए ।

करिब तीन महिना जति मिनापका कलाकारसँग रमेर गीतसंगीत सिके तर आर्थिक समस्याले उनलाई दीर्घकालीनरुपमा यसैमा रम्न दिएन । कलाकारिताकासाथै अन्य पेसामा समेत आवद्ध हुने सोच अभिनाषमा आयो । उनी मधेशमा खुलेका रेडियोमा काम गरेर केही पैसा आर्जन गर्ने निष्र्कषमा पुगे । २०६६ सालमा उनी रेडियोमा काम गर्न थाले । त्यहाँ मिथिला क्षेत्रकै चर्चित हास्यकलाकार रहेका बिएन पटेलसँग परिचय भयो । उनीसँगै अनिनय क्षेत्रमा समेत लाग्न थाले । विभिन्न उत्सवमा हुने स्टेज सोमा काम गर्न थाले । उनको आवाज त राम्रो थियो नै अभिनयसमेत गर्न थालेपछि मिथिलामा कलाकारका रुपमा स्थापित भए ।

तर मिथिला क्षेत्रमा उनी जति स्थापित भए पनि आर्थिक समस्या उस्तै थियो । रेडियोमा कार्यक्रम चलाएवापतको पारिश्रमिक र स्टेज शोबाट आउने रकमबाट उनले आफनो जीवन चलाउन थाले । तर आर्थिक अवस्थाका कारण उनमा टिक्न सक्दिनँ जस्तो लागिरहेको थियो । उनले आफ्नो आम्दानीबाट आफैँलाई पाल्न धौधौ भइरहेको अवस्था थियो भने घरमा पैसा कसरी पठाउने भन्ने पिर थियो । उनले पेसा सदाको लागि त्याग्ने सोचे, विदेश जाने मनस्थितिमा पुगे र राहदानीसमेत बनाए । विदेश जने तरखरमा रहेको अवस्थामा उस्तै उकुसमुकुसबीच अरुणकुमार यादवसँग भेट भयो । उनले आफूहरुले निर्माण गरिरहेको भिडियोमा काम गर्न भने । उनले सोचे केही दिन भए पनि काम गरौँ ।

काम गर्न थाले । त्यो भेट अभिनाषलाई निकै फलदायी सावित भयो । उनले त्यहाँ केही पैसा पाउन थाले । तब उनलाई लाग्यो अब यसै पेसामा जम्न सकिन्छ । अभिनाषले पहिलो भिडिओमा महिला पात्रको भूमिका निर्वाह गरेका थिए । त्यो भिडिओ दर्शकले खुब मन पराए । उनको चर्चा चुलियो । यही क्रममा गोदनावाली नामको भिडिओमा उनी महिलाको भूमिकामा देखिए । त्यसमा उनले पहिलोपटक साडी लगाए । अभिनाषले महिलाका रूपमा अभिनय गरेको त्यो भिडिओ तीन दिनमै युट्युबमा तीस लाखभन्दा बढीले हेरे । त्यसपछि उनलाई लाग्यो दर्शकले मलाई यसरी नै हेर्न चाहेका छन् । त्यसपछि उनले त्यहा निर्माण गरिने अधिकांश भिडियोमा महिलाको भूमिका निभाए । दर्शकले यस किसिमको भिडियो निकै रुचाए । काम गर्दा धेरै ठाउँमा पैसा नदिएको समेत अनुभव अभिनाषसँग छ । उनले भने, ‘कतिपय ठाउँमा काम गराउने र पैसा दिने समयमा छैन भन्ने पनि भयो । यस्तो पीडासमेत खेपेको अनुभव छ उनीसँग । उनले आफू त्यो अवस्थाबाट गुज्रेर आफूले कलाकारलाई जिवन्त राखेको अनुभवनसमेत उनीसँग छ । उनले मिथिलामा हुने गरेका हरेक महोत्सवमा आफनो कला देखाउने चाहना रहेको सुनाए ।

भिडिओ निर्माता तथा निर्देशक अरूणले नौ लाख रूपैयाँ लगानीमा नोचापोखरीनजिक नोचपुर टोलमा सुटिङ सेट बनाएको बताए । उनले यसका लागि एक बिघा जग्गा भाडामा लिएर ग्रामीण बस्ती झल्कने छ वटा घर बनाएका छन् । उनले अभिनाषसहितको टिमले विभिन्न भिडिओको सुटिङ गर्छन् । मिथिला क्षेत्रमा हुने गरिएको पारिवारिक घटनालाई उठाउने गरिएको छ । मिथिलाको सामाजिक परिवेशलाई उठाउने गरेका कारणसमेत दर्शकले अत्यधिक रुचाउने गरेका छन् । अहिले भिडिओ उत्पादन गरेर युट्युबमा राख्ने गरिएको छ । सोही कामबाट उनीहरुको आम्दानीसमेत भएको छ । उनले उनले, ‘मिथिलाको परिवेशलाई बढी उठाउने गरेका कारण दर्शकमाझ पहिचानसमेत स्थापित गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button