
मधेशदृष्टि
वीरगंज ।
सुरक्षित आप्रावासन सामी कार्यक्रम वैदेशिक रोजगार विषयक पत्रकारहरुसँग एक दिने अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दिव्य विकास श्रोत विकास केन्द्रको सहजीकरणमा वीरगंज महानगरपालिकाद्वारा संचालित सामी कार्यक्रम हाल चार वटा स्थानीय तहमा कार्य गरिरहेको तथा यस कार्यक्रमबाट वैदेशिक रोजगारीमा जान चाहने र फर्केका तथा ठगिमा परेका लगायतलाई राहत पुगेको सामी कार्यक्रमका जिल्ला संयोजक रामाशंकर प्रसाद कुश्वाहाले जनाएका छन् । उनले हालसम्म पर्साका ४ पालिकामा संचालित यस कार्यक्रम मार्फत ५९ वटा उजुरी परेकोमा त्यसमध्ये ५७ वटा ठगिको मुद्धा रहेकोमा जसमध्ये १७ वटा समाधान गरिएको बताए ।
कुश्वाहाका अनुसार हालपनि वैदेशिक रोजगारीमा जान चाहने र जानेका लागि बजेट अभावमा वीरगंजमा सिप केन्द्रको स्थापना हुन नसकेको तथा वैदेशिक रोजगारीमा व्यवस्थापनका लागि सविधानमा भएका व्यवस्थालाई समेत सरकारले लागु गर्न सकेको छैन । आर्थिक वर्ष २०६३।६४ देखि २०७९।८० सम्म नेपालबाट श्रम स्विृती लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ लाख ५२ हजार २ सय ३४ पुगेको छ भने दैनिक सरदर २ हजार १ सय १३ जना वैदेशिक रोजगारमा जाने गरेको तथ्यांक छ । ती मध्ये ३० प्रतीशत मात्र श्रमिकहरुले सिप सिकेर तालि लिएर वैदेशिक रोजगारीमा जाने गरेकोले वैदेशिक रोजगारीको क्षेत्रमा पिडित श्रमिकहरु त्था तिनका घरपरिवारको सदस्यहरुलाई न्याय दिलाउन र क्षतिपूर्ति दिलाउनका लागि पत्रकारिता मार्फत बहस र पैरवी गर्न आवश्यक रहेको भन्दै सरकोकारवालाहरुले आग्रह गरेका थिए ।
हाल देशभरीबाट ६४ लाख ५२ हजार २ सय ३४ श्रमिकहरु श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा छन् भने मधेश प्रदेशका मात्र १ लाख ८१ हजार ६ सय १३ श्रमिकहरु वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीबाट देशमा हाल ५६ प्रतिशत परिवारले विप्रेषण (रेमिट्यान्स) प्राप्त गरिरहेका छन् । तर वैदेशिक रोजगारीमा गएका वा जान चाहनेका विभिन्न बाध्यता, समस्या भने अझ कायमै रहेकोले ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने पाटोमा गम्भिर भएर सरोकारवालाले काम गर्नुपर्नेमा कार्यक्रममा सहभागिले जोड दिएका थिए । दिव्य विकास श्रोत विकास कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला तथा पत्रकारहरुले वैदेशिक रोजगारमा जाने र फर्केकाहरुको विभिन्न बेथितीबारे समाचार मार्फत अझ बढी उजागार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पर्साका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।






