भारतद्वारा ६५० क्युसेक पानी वितरण

[mashshare]

मधेशदृष्टि
बारा ।
नेपाल र भारत सरकारबीच भएको ‘गण्डक सम्झौता’मा भारतले नेपाललाई ८ सय ५० क्युसेक पानी दिनुपर्ने व्यवस्था छ । यो वर्ष वर्षात्का समयमा पानीको हाहाकार भएन, यद्यपि नेपालले भारतीय पक्षबाट ६ सय ५० क्युसेक मात्र पानी पाएको छ । पर्याप्त वर्षापछि यो वर्ष असार १३ गते नै भारतले नहरमा पानी छोड्दा साउन दोस्रो सातासम्ममा बारा, पर्सा र रौतहटका अधिकांश भूभागमा रोपाइँ भइसकेको छ । नेपालको नारायणी र त्रिवेणी नदीको पानीलाई ब्यारेज निर्माण गरेर नहर प्रणालीमार्फत नेपाल र भारतबीच पानी बाँडफाँट भइरहेको छ ।

भारतले बिहार राज्यको वाल्मिकी नगरमा २ हजार ५ सय क्युसेक क्षमताको ब्यारेज निर्माण गरेको छ । नेपाल–भारतीबच १९५९ डिसेम्बर ४ मा गण्डक सम्झौता भएको हो । भारतले असार १५ गतेदेखि असोज १५ गतेसम्म नेपाललाई ८ सय ५० क्युसेक पानी दिनुपर्ने शर्त छ । नहरको पानी ३ दिन पर्सा, ३ दिन बारामा बाँडफाँड हुने गरेको छ ।

बारातर्फ छोडिएको पानीबाटै रौतहटको केही भूभागमा सिँचाइ सुविधा पुग्ने गरेको छ । पर्सादेखि रौतहटसम्म नहर ८२ किलोमिटर दूरीको छ । नहरको पानीले बारा, पर्सा र रौतहटमा ३७ हजार ४ सय हेक्टर कृषियोग्य भूभागमा सिँचाइ सुविधा पुग्नेछ । रौतहटको ७ हजार ५ सय हेक्टरमध्ये केही भागमा सिँचाइ पुग्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button