विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गोष्ठी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जमा दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

वीरगंजस्थित रोयल प्यालेसमा वीरगंज महानगरपालिकाको सहयोग र विकास नेपालको आयोजनामा भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना गोष्ठी उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले भने, ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमामा गोष्ठी प्रभावकारी हुने भएकाले सहभागीले ध्यान केन्द्रित गर्न जरुरी छ ।’ गोष्ठीमा वीरगंज महानगरपालिकाका कर्मचारी, वीरगंज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षको उपस्थिति थियो।

विकास नेपालका अध्यक्ष फुलमहम्मद मियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, विपद् व्यवस्थापन समिति संयोजक प्रदिप कुमार चौरसिया, महाशाखा प्रमुख देवेन्द्र चौधरी, वीरगंज महानगरपालिकाकी कर्मचारी बिभा मिश्रको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button