
खोजीक्रममा उनीहरु तेह्रथुम पुगेका रहेछन्, त्यहाँ अस्पतालमा उनीहरुलाई श्रम गर्न लगिएको पत्ता लगाएर स्थानीय तह प्रहरीमार्फत उद्धार गरेर फर्काउँदैछौँ । उनीहरु बिहीबार त्यहाँबाट हिँडे र आइपुगेपछि थप विवरण खुल्ने छ ।
रेणुकुमारी महतो, उपमेयर
गौशाला नगरपालिका
मधेशदृष्टि
महोत्तरी ।
गौशाला नगरपालिका वडा नम्बर ४ बाट हराइरहेका दुई किशोर र चार किशोरी फेला परेका छन् । गाउँबाट एकसाथ बेपत्ता भएका उनीहरु तेह्रथुममा फेला परेका हुन् ।
१५ वर्षीया पूजा सदाय, १३ वर्षीया विमला सदाय, १८ वर्षीया संगीता सदाय, १७ वर्षीया संगीता सदाय, १४ वर्षीय करण सदाय, १३ वर्षीय राजेश सदाय सोमबार साँझदेखि सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यले गौशाला प्रहरी चौकीमा बेपत्ताको लिखित जानकारी दिई खोजीका लागि अपिल गरेका थिए ।

‘खोजीक्रममा उनीहरु तेह्रथुम पुगेका रहेछन्,’ गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले भनिन्, ‘त्यहाँ अस्पतालमा उनीहरुलाई श्रम गर्न लगिएको पत्ता लगाएर स्थानीय तह प्रहरीमार्फत उद्धार गरेर फर्काउँदैछौँ ।’ उनले उनीहरु बिहीबार त्यहाँबाट हिँडेको र आइपुगेपछि थप विवरण खुल्ने बताइन् ।
अस्पतालमा भवन निर्माणको काम भइरहेको र एउटी महिलाले गौशालाबाट गरिबनिमुखा परिवारको सदस्य यसरी लैजाने गरेको पाइएको स्थानीय पत्रकार बाबुप्रेम यदवंशीले बताए । उनीहरु फर्किएपछि यसरी किशोरकिशोर लैजाने महिलाबारे थप खुल्ने अपेक्षा गरिएको छ । हराएका किशोरकिशोरीबारे इमधेशदृष्टि डटकमले बिहीबार समाचार प्रकाशन गरेको थियो ।
यो पनि पढ्नुहोस्ः






