
आरके श्रीवास्तव
गरुडा,२४ माघ । रौतहट जिल्लाको गुजरा नगरपालिकामा साक्षरता कक्षा कार्यक्रम उद्धघाटन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सो कक्षा सोमवारदेखि सञ्चालन गरिएको हो । शिक्षा विभाग धुलिखेल काभ्रेको सहयोगमा सुरु भएको साक्षरता कक्षा वडामा रहेको दुइ वटा टोलहरु दयालपुर र भंगहामा कक्षा सञ्चालन भएको हो । दुबै टोलमा क्रमश २७ र २५ जना सहभागी छन् । साक्षरता कक्षा १० महिना सम्म चल्ने आयोजक संस्थाले बताएको हो ।
एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष प्रेम चौधरीले सोमबार उद्धघाटन गरेका छन । सबैलाई कम्तीमा हस्ताक्षर गर्न सक्ने बनाउन यो कक्षा सञ्चालन गरिएको तथा लेखपढ गर्न नसक्नेहरूका लागि साक्षरता कक्षा सञ्चालन गरिएको वडा अध्यक्ष चौधरीले जानकारि दिए ।
स्थानीय तहहरूलाई पनि साक्षर घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप यो कक्षा सञ्चालन भइरहेको छ । १५ देखि ६० वर्ष उमेरसमूहका सबै नागरिकलाई लेखपढ गर्न सक्ने बनाउन साक्षरता कक्षाको सुरुवात गरिएको हो ।
सो अवसरमा संस्थाका बालजुगेश्वर चौधरी,श्री नमूना मावि सिमरा भवानीपुरका रमेश अधिकारी सहितका व्यत्तीहरुको उपस्थिती रहेको थियो ।






