विद्यालयमा नै खाजा खान पाइने भएपछि विधार्थीहरू टिक्न थाले

[mashshare]

आरके श्रीवास्तव
गरुडा,२० माघ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ डुमरियामा रहेको श्री प्राथमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा खुवाउन थालेपछि बिधार्थीहरु बिधालयमा टिक्न थालेका छन् । विद्यार्थीहरू अहिले विद्यालयमा नै खाजा खान पाइने भएपछि खुसी भएका छन् । अहिले विद्यालयमा विद्यार्थीहरूको संख्या पनि बढ्दै गएको छ ।

अहिले विद्यालयमा दिवा खाजा खान पाउँदा निकैँ सजिलो भएको भएको अध्ययनरत बिधार्थीहरु बताउँछन्  । विद्यालयमा अहिले ज्याउलो तरकारी,खिर,खिचडी दिनदिनै फरक फरक खाने गरेको छ ।

विद्यालयमा नै दिवाखाजा खुवाउन थालेपछि आफूलाई नि सजिलो भएको अभिभावक शिवशंकर यादवले बताए । अहिले विद्यालयमा अध्ययनरत २०१ जना विद्यार्थीहरूलाई दिवाखाजा खुवाउने गरेको विद्यालयका प्रधानाध्यापक संतोष चोधरीले बताए । उनले विद्यालयमा दिवाखाजा खुवाउन थालेपछि विद्यालयमा भर्ना भएका अधिकांश विद्यार्थीहरू विद्यालयमा आउने गरेको बताए । दिवा खाजा खुवाउन थाले देखी सबै विद्यार्थीहरू ४ बजेपछि मात्रै फर्कन्छन्छन् उनले भने ।

उनले भने– ‘जबसम्म विद्यार्थीहरूलाई विद्यालयमा बसेर आनन्दले पढ्न मिल्ने वातावरणको सिर्जना हुँदैन, तबसम्म पठनपाठन प्रभावकारी हुदैँन, त्यही भएर विद्यार्थीहरूलाई उत्सुक र पढाइप्रति जागरुक बनाउने उद्देश्यले यस्तो कार्य गरेका हौँ ।’
फतुवा विजयपुर नगरपालिकाको सामुदायिक बिधालयहरुमा जाँदा कतै दिवा खाजा सञ्चालन भएको पाइयो भने धेरै ठाउँमा सञ्चालन भएको पाइएन् । दिवा खाजा सञ्चालन नभएको बिधालयमा बिधार्थीको उपस्थिती न्यून रहेको थियो ।

वि.स. २०५२ सालमा स्थापना भएको सो विधालयमा स्थायी २ जना,महिला राहत १ जना,बालविकास १ जना,कार्यालय सहयोगी १ जना गरी जम्मा ५ जना शिक्षहरु छन् । शिक्षकको अभावमा दुइ वटा कक्षाहरु कमवाइण्ड रुपमा चलाउनु परेको बाध्यता रहेको प्रअ चौधरी बताए । कक्षा २ र ३ तथा कक्षा ४ र ५ को विधार्थीहरु लाइ कम्वाइण्ड रुपमा कक्षा संचालन भइरहेको छ ।

त्रिालयमा अहिले २ वटा बल्कको ६ वटा कोठा रहेको छ । कक्षा कोठाको पनि अभाव छ । प्रअ चौधरीले पहलगरी राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आ.व. २०७९।८० मा २ वटा कोठा निर्माणको लागि २२ लाख पचास हजार रुपैया छट्टयाइएको छ । यो बिधालयको अवस्था अझै सुधार गर्न स्थानिय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button