पुर्ब प्रधानमन्त्री केपिलाई थाहा थियो चिनियाँ अघोषित नाकाबन्दी बल्ल उठाए कुरा

[mashshare]

 

चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । हुम्ला पारि करिब ५ सय नेपालीहरु रोकिएको सुनेकाले त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन पनि आग्रह गरेको उनको भनाई छ।

यसैगरी अध्यक्ष ओलीले बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन बाङ यीलाई आग्रह गरेका छन् । ओलीले बीआरआईसँग परियोजनाभित्र पर्ने सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने बताएका थिए ।

चिनियाँ विदेशमन्त्रीले तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको बताएका थिए ।

यसैगरी वाङ यीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेका थिए।

उनले कोरोना नियन्त्रण तथा नेपालको विकास आयोजनामा चिनले गरेको सहयोगलगायतका निम्ति धन्यवाद दिदै बिआरआई अन्गर्गतका परियोजना कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन आग्रह गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।

प्रचण्डले व्यापार घाटा बढ्दै गएको र सहजीकरण र सन्तुलित गर्नेबारे कुरा राखेको पनि बस्नेतले जानकारी दिए।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button