
रौतहट ।
रौतहटको दुर्गाभगवती गाउँपालिका– ५ बागमती नदी किनारबाट प्रहरीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेका छन् । प्रहरी चौकी वडहर्वाबाट खटेको गस्ती टोलीले बागमती नदी किनारस्थित भारतिय नम्बरको बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा भन्सार छलीका एक लाख ३९ हजारको सामानसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका– ५ बस्ने किशोरी चौधरी कलवार र नरेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुबाट अवैध रुपले भन्सार छलीका ३९ हजार मूल्य बराबरको लत्ताकपडा तथा एक लाख मूल्य बराबरको दुई वटा मोटरसाइकल एक लाख ३९ हजार मूल्य बराबरको मालसमान सहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक उमाशङ्कर प्रसादले बताए ।
भन्सार छलीका सरसमान, मोटरसाइकलसहित दुवै जना व्यक्तिलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहट लगिएको उनले बताए ।






