
मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एक हजार सदस्यीय समिति घोषणाको तयारी गरेका छन् । सम्भवतः उनले साउन ३२ गते शुक्रबार समिति घोषणा गर्नेछन् । समितिको नाम टुङ्गो लगाउने काममा महतो लागेका छन् ।
बहुल राष्ट्रिय सभा, राष्ट्रिय सभा राष्ट्रिय परिषद् र नेसनल प्लेनियमलगायतका नाममा महतोले सहकर्मीहरुसँग सहमति खोजिरहेका छन् । समितिमा महतो संयोजकसहित ९ सय ९९ सदस्य हुनेछन् । विभिन्न ५५ परिषद्को कल्पना गरिएको छ । सबै परिषद्मा संयोजक राखिनेछ ।
भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भ्रातृ सङ्गठनहरूको संयोजक भने बनाउने तयारीमा महतो छन् । आगामी कात्तिक मसान्तसम्म पार्टी निर्माण गर्ने अभियान अन्तर्गत महतोले समिति घोषणापछि गोलमेच सम्मेलनको तयारी गरेका छन् ।






