सीमा सुरक्षा गुल्म वीरगंज देशमै उत्कृष्ट

[mashshare]

सञ्जय मिश्रा
वीरगंज ।
वीरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलनमा (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ । गुल्म प्रमुख नायव प्रहरी उपरीक्षक (डिएसपी) सुरज रिजालको सक्रियतापछि वीरगंज भन्सार एरियाबाट मात्र तीन महिना २० दिनमा झण्डै ९ करोड रुपैयाँ बराबरको तस्करीका माध्यमले भित्र्याइएको अबैध सामान बरामद गरेको छ ।
डिएसपी रिजाल स्वयम् पनि तस्करीका मालसमान बरामद गर्न फिल्डमा खटिएका हुन् । प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबैभन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सारमा बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी शशी पाण्डेले बताए ।

डिएसपी रिजाल वीरगंज भन्सार प्रस्तावित गुल्मका इन्चार्जका रूपमा चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि ८ करोड ८३ लाख ३४ हजार ९ सय ९३ रुपैयाँ बराबरको तस्करीका मालसमान बरामद गरी भन्सार बुझाएको डिएसपी रिजालले बताए । चैत महिनामा एक करोड ४७ लाख ६२ हजार ८ सय ९३ रुपैयाँ, वैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८ सय ८२ रुपैयाँ, जेठ महिनामा दुई करोड ४१ हजार २ सय ८९ रुपैयाँ बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाइएको उनले बताए । त्यसैगरी, असार महिनाको बिहीबारसम्ममा दुई करोड ६२ लाख ५९ हजार ९ सय १९ रुपैयाँ बराबरको अबैध तस्करीका समान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

सोही अवधिमा २० किलो गाँजा, विभिन्न किसिमका लागुऔषध कारोबारी, हुण्डी कारोबारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको डिएसपी रिजालले जानकारी दिए । सशस्त्र प्रहरी बल वीरगंज गुल्मले तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै अब्बल हुन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button