

मिथिला पान मखान ,माछा र आंपको लागि प्रख्यात हो । खास गरेर आंपमा पाइने स्वादको कारणले फलको राजा भनेर चिन्ने गरिन्छ । फलफूलको राजा भनिने आँप कसलाई मन पर्दैन ? यो स्वादिष्ट र रसदार मात्र होइन, यो गुणहरूको खानी पनि हो । आँपको रूखको पात, डाँठको बोक्रा र बीउ पनि धेरै उपयोगी हुन्छ । यो शुद्ध देशी रुख विगत चार हजार वर्षदेखि मिथिलाञ्चलको भूमिमा फस्टाउँदै आएको छ । यो आँपको सिजन पनि हो । हरेक घरले उपभोग गर्नुपर्छ । यो त मिथिला वाहेक अन्य भागमा समेत आंपको खेती हुने गरिएको छ । तर मिथिलाञ्चलमा पाइने आंप निकै स्वादिष्ट हुने गरिएको कारणले मिथिलाञ्चलको आंपको आफनो महत्व समेत रहेको छ ।
मिथिलाञ्चलमा हुने गरेको रहेक पुजापाठमा कलश स्थापना गर्ने प्रावधान रहेको छ जसमा आंपको पत्ता राख्ने गरिएको छ । कलश समृद्धि र शुभको सुचक रहेको छ । उष्ण प्रदेशीय फलफूलहरु मध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । त्यसैले यसलाई फलफूलको राजा पनि भनिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाईन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । आँपको उद्गम स्थान दक्षिण–पूर्वि एसिया, खासगरी मलायन द्धीप समूह मानिन्छ । डी कोन्डेल्ले तथा साथीहरुका अनुसार आँपको उद्गमस्थल हिन्द बर्मेली क्षेत्र हो । नेपालमा आँप खेतीको शुरुवात कहिलेदेखि भएको भन्ने एकिन नभएता पनि पुराना ऐतिहासिक मठ मन्दिर र राणाकालिन दरवारहरुमा अझै पनि देख्न सकिन्छ ।मिथिलाञ्चला रहेक घरमा एकटा न दुई वटा आंपको वोट हेर्न सकिन्छ । मिथिलाञ्चलमा आंपको वगान नै निर्माण गरेर यसको व्यवसायी रुपमा समेत खेदी हुदै आएको छ ।
आँप उष्ण प्रदेशीय सदाबहार फलफूल हो । यसको बोट १५ – २५ मिटरसम्म अग्लो हुन्छ । आँपका बिजु बोटहरु १०० बर्षसम्म र कलमी बोट ७० – ८० बर्षसम्म बाँच्न सक्छन् । यसको मूल जरा हलुका माटोमा ४– ५ मीटर गहिराईसम्म जान सक्दछ । यसका मूल हाँगा सिधा माथि जाने, सहायक हाँगाहरु ठाडो गरी फिजारिएका हुन्छन् । पात पलाउँदा शुरुमा रातो पालुवाको रुपमा पलाउँछ र ठूलो हुदै जादा क्रमश हरियो हुन्छ । फूलहरु साना हुन्छन् र झुप्पामा फुल्दछन् । एउटा झुप्पामा २००–६००० सम्म फूलहरु हुन सक्दछ । प्रत्येक झुप्पामा भाले फूल र भाले पोथी दुवै भाग भएका फूलहरु हुन्छन् । आँप जाडो यामको अन्त्यतिर वा बसन्तको प्रारम्भमा फुल्दछ । आँप परसेचन हुने बाली हो । आँप फुलेपछि फल पाक्न साधारणतया ३ –५ महिना लाग्दछ । आँपमा साधारणतया पूर्ण फूलहरुको ०.१% फूलवाट लागेका फलमात्र परिपक्व हुने गर्दछन् र वाँकी ९९.९% झरेर जाने गर्दछन् ।मिथिलाञ्चल क्षेत्रमा पाइने विभिन्न खालको आंपहरुको आफनो महत्व र विशेषहरु रहेका छन । खास गरेर विभिन्न खालको परिककारहरुको समेत निर्माण गरिने गरिन्छ । जसले मिथिलाञ्चलको संस्कृतिमा समेत उच्च स्थान रहेको पाइन्छ ।
प्राचीन समयमा पनि यसको उत्पादनको पौराणिक प्रमाण पाइन्छ । भनिन्छ, सर्वप्रथम आँपको उत्पत्ति वर्मा (म्यानमार) र छिमेकी मुलुक भारतको अन्डमान द्वीपमा भएको हो । के पनि भनिन्छ भने पाँचौँ शताब्दी इसापूर्वमा बौद्ध भिक्षुले आफ्नो साथमा आँप मलेसियामा लगेका थिए । छिमेकी मुलुक भारतमा सर्वाधिक आँप उत्पादन हुन्छ । त्यसपछि छिमेकी मुलुक चीनमा हुन्छ । भारत र चीन आँप उत्पादनका लागि विश्वभर प्रसिद्ध मानिन्छ । खास गरेर मिथिलाञ्चल क्षेत्रमा वौद्धधर्मको प्रभाव बढेपछि यस क्षेत्रमा समेत आंपको विकास र विस्तारको भएको ईतिहासकारहरुको कथन रहेको छ । मिथिलाञ्चलको भुमिमा र हावापानीको कारणले गर्दा यहा धेरै आंप खेती हुने गरिएको छ । यसबाट किसानहरु लाभ समेत लिने गरेका छन । मिथिलाञ्चलमा आंपबाट बनाइने परिकार मध्ये सबै भन्दा लोकप्रिय परिकार आचार हो जो मिथिलाञ्चलको घर घरमा निर्माण गरिन्छ । मिथिलाको वासीहरु स्वादको पार्खि भएका कारणले खानामा अंचार खाने गरेका छन ।
मिथिलाञ्चलमा पाइने प्रमुख आंपहरु
आंपको रुख यसको पात र स्वाद समेत फरक फरक हुने गरिएको छ । आंपको विभिन्न नामहरु रहेको र तीनिहरुको स्वाद समेत फरक रहने गरिएको छ ।उपभोक्राहरु स्वाद अनुसार र रुची अनुसार आंप खान गरेका छन । यसको नामाकरण समेत फरक फरक हुने गरिएको कारणले स्वाद समेत फरक फरक हुने गरेको छ । केही आंपको विषयमा चर्चा गरौ ।
बम्बई ग्रिन: रुख अग्लो र सिधा, फल मध्यम आकारको र अण्डाकार, बोक्राको रंग हरियो, गुदी सुन्तला रंगको, रसदार र मीठो, रेशा कम, फल फलाई मध्यम, भण्डारण क्षमता मध्यम रहेको छ ।
बम्बई एलो: रुख मध्यम, फल मध्यम र करिब गोलो आकारको, बोक्रा मध्यम बाक्लो, गुदी हलुका पहेंलो र रसदार, स्वाद मीठो, बढी फल्ने, भण्डारण क्षमता उत्तम रहेको छ ।
गुलाबखास: रुख मध्यम, सीधा, फल सानो, अण्डाकार । फल लाम्चो परेको, रातो रंगको, बोक्रा मध्यम बाक्लो, मीठो सुगन्ध, रेशा थोरै, फलाई मध्यम, लामो समयसम्म राख्न सकिने अति असल जात । भण्डारणमा च्याउरी पर्न सक्छ तर फल कुहीने समस्या कम हुन्छ । प्रत्येक वर्ष केही–न केही फल दिइनै रहन्छ ।
दशहरी: रुख मध्यम, फल सानोदेखि मध्यम, नाक नभएको र लाम्चो, बोक्रा पातलो, चिल्लो र नरम, गुदी रेशा बिहीन, पहेंलो र बास्नादार, स्वाद अति मीठो, भण्डारण क्षमता राम्रो, केहीं हदसम्म प्रत्येक बर्ष फल्ने । केही विषम हावापानीमा पनि लगाउन सकिने छ ।
मालदह: रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो र सुगन्धित, स्वाद मीठो, भण्डारण क्षमता कम, राम्रो फलाई, फल पाकेपछि पनि फलको काँधमा हरियोपना नै रहने गरेको छ ।लङ्ग्रा रुख अग्लो र फिंजिने किसिमको, फलको आकार मध्यम भएपनि लँग्रा आँपको फलको गुणस्तर राम्रो, गुदी पहेंलो र मीठो, उत्पादन बढी, बोटको युवा अवस्थामा कम फल्दछ । फलको भण्डारण क्षमता मध्यम तर एक वर्ष बिराई फल्ने र फल झर्ने समस्या धेरै हुन्छ।
जर्दा: रुख मध्यम, फल मध्यम र अण्डाकार, फलको सतहको रङ क्रिम जस्तो, चिल्लो, बोक्रा मध्यम बाक्लो, बास्नादार, मीठो रसदार, रेशा धेरै, फलको गुणस्तर राम्रो, बढी फल्ने, भण्डारण क्षमता उत्तम रहेको छ ।
अल्फान्सो: रुख मध्यम, फल मध्यम (मझौला) अण्डाकार सुन्तला रंगको गुदी रङ्गको र बास्नादार, बढी गुलियो र रसदार, रेशा बिहीन, गुणस्तर उत्तम, फल फलाई मध्यम, धेरै हप्तासम्म भण्डार गर्न सकिने ।
अम्रपाली: (दशहरी ह निलम) बोट सानो, फल सानो पछौटे जात । मल्लिका भन्दा राम्रो आकारको फल, फल मीठो । प्रत्येक वर्ष फल्ने, माल्फर्मेशन ( रोग कम तर रातो सिंदुरे रोग बढी लाग्ने गर्छ । मिथिलाञ्चलमा यस आंपको मांग अत्याधिक हुने गरेको छ ।
मल्लिका: (निलम ह दशहरी) बोट सानो, फल ठूलो आकारको, फल गुलियो, प्रत्येक वर्ष फल्ने मध्यम जात, माल्फोर्मेसन रोग ग्रसित जात, फलको आकार एकनास नभई ठूलो–सानो हुने छ ।
रत्ना: (निलम ह अल्फान्सो) अल्फान्सो जातमा स्पोन्जी टिस्यूको समस्याका साथै हरेक वर्ष नफल्ने हुँदा निलम जातसंग बर्णशंकर गरी रत्ना निकालिएको हो । यो जात प्रत्येक वर्ष फल्ने जात हो र यसमा स्पोन्जी टिस्यू समस्या पनि छैन । फल मध्यम रुख मध्यम रहेको छ ।
चौसा: रुख अग्लो र फैलने खालको, फल पनि ठूलो, फलको रड्ड हल्का पहेलो, गुलियो रसदार, रेशा कम हुने, फलको गुणस्तर अति उत्तम, फलाई ठिकैको, फल अनियमित रुपले लाग्दछ । ढिलो पाक्ने जात भएकोले साउन महिनाको आधा–आधिदेखि मात्र फल पाक्न शुरु हुने, भण्डारण क्षमता मध्यम रहेको छ ।
कलकत्तीया: रुख मध्यम, फल मध्यम आकार बढी फल्ने, फल पाके पनि सतहको रड्ड हरियो, बोक्रा पातलो, गुदी पहेंलो, रेसाविहीन, बढि गुलियो नभएको, मासु धेरै हुनुका साथै फलको तुलनामा कोया धेरै पातलो हुन्छ । यो प्रत्येक वषफल्ने जात हो । फूल र फल झर्ने समस्या कम, रुखमा किरा र रोग पनि कम लाग्ने गुण, ढिलो पाक्ने जात हुनाले बजारमा यसको महत्व छ । भण्डारण क्षमता असल रहेको छ ।
निलम: रुख मध्यम, फल मध्यम, अण्डाकार, सतहको रड्ड पहेंलो, बोक्रा मध्यम बाक्लो, गुदी रेशा बिहीन, स्वाद मीठो, फलको गुणस्तर राम्रो, बढी फल्ने, भण्डारण क्षमता उत्तम हरेक वर्ष फल्ने जातहरुमा यो प्रमुख जात हो ।
फजली: रुख ठूलो, फल लामो–चौडा र ठूलो, गुदी रेशादार र मीठो, भण्डारण क्षमता मध्यम । यो फल धेरै ठूलो र हलुका पहेलो रंग भएको आँप हो । खानमा दसहरी, बम्बै जातहरु जस्तो साह्रो मीठो हुँदैन । फल पाक्न ढिला हुने हुनाले बजारमा यसको महत्व बेग्लै छ । नेपालमा फर्सी भन्ने आँपसँग फजली आँप मिल्छ ।
श्रोत सामग्री
मिथिलाञ्चलमा आँप संस्कृति: राम दयाल राकेश
आँप खेती प्राविधिक
मिथिलाको ईतिहास:शंकर देव झा






