
मधेशदृष्टि
वीरगज ।
वीरगंजको धार्मिक क्षत्रको रुपमा रहेको भिस्वा वौद्ध विहारमा भगवान गौतम बुद्धको प्राण प्रतिष्ठा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बौद्ध धर्मगुरुहरुले भिस्वा डाडाँमा भगवान गौतम बुद्धको प्राण प्रतिष्ठा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंज नगरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले धार्मिक क्षेत्रको रुपमा रहेको भिस्वा डाडाको सौन्दर्यकरणका लागि महानगरपालिकाको साथै सम्बन्धति सबैको हातेमालो आवश्यक रहेको बताए । भिष्वा डाडामा रहेको पूरानो भवनको मर्मत सम्भार गरि दाताहरुको सहयोगबाट प्राप्त बौद्ध मूर्तिको प्राण प्रतिष्ठा गरिएको वीरगंज बौद्ध समितिका अधयक्ष डा. दिपक शाक्यले बताए । उनले आगामी जेठ १० गते परेको बुद्ध जयन्ती भव्यताको साथ मनाउने बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योण वाणिज्य संघका पूर्व अध्यक्ष डा. सुबोध गुप्ता, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, समाजसेवी अन्नपूर्णा मान्न्धर, रमिता मानन्धर, सुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।






