तराईको कमला बचाउ अभियानले कमला संरक्षणका लागि के गरिरहेको छ ?
कमला नदीको उद्गमस्थलदेखि बीच र भारत सिमानासम्ममा कमला नदीको जललाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेमा केन्द्रित छौँ । नदी संरक्षणका लागि नदीसँग जोडिएका पालिकाका युवालाई जनचेतनाका माध्यमबाट संरक्षणको काम गर्दै आएका छाँै । खास गरेर जललाई कसरी प्रदुषणमुक्त राख्ने अथवा भएका जललाई उपयोगिता कसरी बढाउने भन्नेमा काम गरिरहेका छौँ । यदि कमलाले वर्षात्का समयमा कुनै क्रोध देखाएर बाढी आए सर्वसाधारणलाई यसबाट कसरी सुरक्षित राख्नेलगायतको विषयमा अभियान चलाउँदै आएका छौँ । मुख्यरुपमा जल संरक्षण र पर्यावरण संरक्षण नै मुख्य लक्ष्य हो ।
कमलामा पहिला जल धेरै थियो, अहिले कम देखिन्छ, किन ?
पहिला कमलामा जल निकै देखिन्थ्यो । अहिले कमी आएको छ । वर्षात्का समयमा कमला नदीमा पानी अत्यधिक रहने गरे पनि गर्मीका समयमा निकै कमी आएको छ । अर्थात् कतिपय ठाउँमा थोरै पानी रहने गरेको छ भने कतिपय ठाउँमा गर्मीमा सुक्ने गरेको छ । कमला एउटा नदी मात्रै नभएर यसको धार्मिक महत्व समेत छ । सर्वसाधारणलाई धार्मिक महत्व बुझाउन नसकेका कारण कमला नदीको महत्वलाई सर्वसाधारणले बुझ्न सकेका छैनन् । यसले समस्या देखिएको छ । हामी भारतको गंगामा स्नान गर्न सपरिवार जाने गरेका छौँ तर गंगाजतिकै महत्व रहेको कमलालाई बिर्सदैँ गइरहेका छौँ । यसलाई हामीले बुझाउने गरी काम गरिरहेका छौँ ।
तपार्इंले कमलाको धेरै धार्मिक महत्व रहेको बताउनु भयो, यसलाई संस्कृतिसँग जोड्नुपर्ने आवश्यकता छ, कसरी जोड्न सकिन्छ ?
कमला नदी मिथिलाको संस्कृतिसँग जोडिएको छ । हामीले विस्तारै छोड्दै आएका छाँै । कमला हाम्रो जीवन हो, संस्कृतिको एउटा अंग हो तर हामीले विस्तारै छोड्दै आयौँ । त्यसले एक प्रकारले समस्या आएको छ । संस्कृतिको पुस्तान्तरण नभएका कारणसमेत हो । त्यसकारण हामीले त्यसलाई उजागर गरेर जनतालाई धार्मिक महत्वसँग जोडनुपर्ने आवश्यकता छ । यसको जिम्मेवारी युवा पुस्ताको काँधमा छ । त्यसैले कमला तटीय युवालाई कमलासँग जोडेर अगाडि बढेका छौँ । युवालाई जोड्नुपर्ने आवश्यक रहेका कारण हामी युवा अभियानमा लागेका छौँ । कमलाको संस्कृति मलाह समुदायसँग जोडिएको छ । मलाह समुदाय कोइला वीरलाई पूजा गर्छन् । जसको सम्बन्ध कमलासँग रहने गरेको छ । त्यसकारण यसको महत्व निकै छ तर युवा पुस्तालाई बुझाएर सामाजिक जागरण खाँचो छ । जो हामीले गर्दै आएका छौँ ।
कमला नदीलाई आर्थिक उपार्जनसंग कसरी जोडन सकिन्छ ।
कमला नदीको अहिलेको जुन स्वरुपा छ वा कमलाको धार्मिताको कुरा बुझने हो भने कमला देव नदी हो ।कमला नदीको महत्वलाई सर्वसधारणहरुलाई बुझाउनको लागि हामीले विभिन्न पुजाहरुमा यसको जलको प्रयोग गर्ने गरेका छौ । विवाह पंचमीको समयमा यहा धार्मिक महोत्सव मटकोरको आयोजना गरेर यसको धार्मिक महत्वलाई बुझाउने काम गरिहेका छौ । अर्थात कमला नदीको धार्मिक महत्वको साथै यसको वगर फांटमा तरकारी खेती हुने गरिएको छ । जसबाट सर्वसधारणहरु लाभान्वित भईरहेका छन । यसको धार्मिक महत्व समेत रहेन गरिएको छ । अर्थात यसको धार्मिक महत्वसंग जोडने कार्य समेत भई र सर्वसधारणहरुलाई यस ठाउको जमिनहरुलाई प्रयोग गर्न सकिन्छ त्यस प्रकारले समेत कामहरु हुने गरिएको छ ।
कमला क्षेत्रका उत्थानको लागि कस्तो योजनाको आकांक्षा राख्नु भएको छ ?
कमलाको क्षेत्रको विकासको लागि सरकारी स्तरबाट ठोस योजनाको आवश्यकता रहेको छ । यस भुभागमा धार्मिक संस्कृति उत्थनको लागि एउटा योजना निर्माण गर्नुपर्ने आवशयकता रहेको छ भने अर्को तर्फ कमला नदीको पानीबाट हजारौ हेक्टर खेतको सिचाई गर्न सकिन्छ । यसलाई विस्तारको खाचो रहेको छ । त्यसकारणले यसबाट लाभ लिनको लागि जनप्रतिनिधिले ठोस योजनाको निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । त्यो भएको खण्डमा मात्रै सर्वसधारणहरुलाई यसबाट लाभको वातावरण निर्माण हुन सक्छ । त्यसकारणले कमला लाभसंग जोडने यससंग जोडिएका जनप्रतिनिधिले योजना ल्याउनुपर्ने आवश्यकता रहेको छ ।