
मधेशदृष्टि
जनकपुरधाम ।
नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । शनिबार जनकपुरधाममा नेपाल फिजियोथेरापी संघको विधानको धारा २१ बम्मोजिम मधेश प्रदेशको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको जनाएको छ ।
डा. राजेश कुमार मण्डल अध्यक्ष रहेको कार्यसमितिमा डा. भगवान झा उपाध्यक्ष रहेका छन् । त्यसैगरी, सचिवमा डा.राजेश कुमार साह, सहसचिवमा मनिषकुमार साह, कोषाध्यक्षमा डा.मञ्जु मण्डल र सहकोषाध्यक्षमा डा.प्रतिभा मण्डल निर्बिरोध निर्वाचित भएकी हुन् ।
त्यस्तै, संघको नयाँ कार्यसमिति सदस्यहरुमा डा.मिथिलेश यादव, डा.कृष्णा सिंह, डा.अरुण साह, डा.अश्विनी कुमार ठाकुर र डा.गणेश शर्मा रहेको निर्वाचन समिति नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशले जनाएको छ ।






