मोटरसाइकल चोरीमा संलग्न पक्राउ

[mashshare]

मधेशदृष्टि
सर्लाही ।
प्रहरीले मोटरसाइल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ५ भई बाराको देबताल गाउँपालिका वडा नम्बर ५ बस्ने राकेश तिवारीको मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पार्किङ गरेको स्थानबाट चोरी भएको तिवारीको मोटरसाइकल प्रहरीले खोजतलास गर्दा सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित सडकखण्डमा भेटिएको हो । साथै चोरीमा संलग्न दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कौडेनी गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय सलमान खान र सोही स्थान बस्ने २२ वर्षीय नतिपुल खान रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button