घुमुवा प्रहरीद्वय पुर्पक्षमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनकपुरमा व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने दुई ‘घुमुवा’प्रहरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । जनकपुरका व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ नगद लुटेको आरोपमा धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई ‘घुमुवा’ प्रहरीलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहत सादा पोशाक ‘घुमुवा’मा खटिएका प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले व्यापारीसँग मोबाइल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरीर बन्धक बनाएर राखेको आरोपमा धनुषा जिल्ला अदालतले कारागार चलान गरेको हो । न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलाशले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button