
मधेशदृष्टि
वीरगंज ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले मल्टि स्पेशयालिटी हस्पिटल वीरगंजको संयुक्त सहकार्यमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सिम्रौनगढ नगरपालिका वडा नम्बर २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सञ्चालन गरेको हो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्यमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा ९५ जना पुरुष र ७० जना महिला गरी जम्मा एक सय ६५ जनाले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार कार्यक्रममा नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह, सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीयको सहभासिगता रहेको थियो ।





